काठमाडौँ,१९ फाल्गुन। कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताउनु भएकाे छ । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताउनु भयाे ।
गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने महामन्त्री थापाकाे भनाइ छ । गठबन्धन तोड्न अहिले पनि केही तत्व लागेको उल्लेख गर्दै उहांले भन्नु भयाे, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ। यो गठबन्धन पाँच वर्ष नै टिक्छ। कांग्रेसले धोका दिँदैन। कांग्रेसले दिएको वचन पूरा गर्छ। यो संसद्लाई जोखिममा जान दिँदैनौं। गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ। कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन। वचन फेर्न मिल्दैन।’
त्यस्तै राष्ट्रपति चुनावमा मत बदर हुँदा लाजमर्दो हुने भन्दै मतदातालाई फोटो भएको ठाउँमा स्वस्तिक छाप लगाउन पनि उहांले आग्रह गर्नु भयाे।





