सिसहनियाँ,१० फागुन । राप्ती गाउँपालिका वडा नम्बर पाँचमा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटमा बुधबार शाेक सभा सम्पन्न गरिएको छ।
विद्यालयकाे आयोजनामा कक्षा ७ मा अध्ययनरत छात्रा सरीता थापा मगरको मृत्युु भएको ३ औ दिनमा साे शाेक सभा सम्पन्न गरिएको हाे।
गत माघ २६ लालमटियामा आयोजित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता कार्यक्रममा सहभागी हुन जाने क्रममा लु ४ प ५१०१ नम्बरको गुडिरहेको ट्याक्टर बाट खसेर गम्भीर घाइते भएकी उनीकाे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारै क्रममा फागुन ७ गते मृत्यु भएको थियाे।
शाेक सभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर थापा मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट प्रमुख आतिथ्यता र चेतना विकास फाउन्डेसन भक्तपुरका अध्यक्ष तथा जीवन मूल्य शिक्षा कार्यक्रमका प्रशिक्षक कमल सिलवालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
साे अवसरमा अध्यक्ष विष्टले छात्रा सरीता थापा मगरकाे मृत्यु प्रति दुख व्यक्त गर्दै उनीकाे मृत्युको खबरले सिङ्गो पालिका नै स्तब्ध भएको बताउनु भयो ।दुर्घटना अकल्पनीय रुपमा हुने भएकाले जुनकुनै काम गर्दा पनि सावधानी अपनाएर काम गर्नुपर्ने उहाँको भनाइ रहेको थियोे ।
त्यस्तै विशिष्ट अतिथ सिलवालले मृतक सरिता प्रति दुख व्यक्त गर्दै उनको सम्झनामा सरिता सचेतना क्लब गठन गरि हरेक प्रकारका दुर्घटनाबाट बच्न सचेनामूलक कार्यक्रम सञ्चालन गर्न विद्यालय परिवारलाई सुझाव दिनु भएको थियोे ।
विद्यालयका शिक्षक बाेधिलाल बुढा मगरले मृतक सरिता थापा मगर एक मेहनति, अनुशासित ,इमानदार ,मिलनसार विद्यार्थी भएको चर्चा गर्दै उनको मृत्युले विद्यालयलाई ठुलो क्षेति पुगेकाे बताउनुभयो ।साे शाेक सभा कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका सदस्यहरु,अभिभावक तथा विद्यार्थीहरूकाे उल्लेख्य सहभागीता रहेको थियाे।





