मुख्यमन्त्री सहितका व्यक्तित्वहरुलाई नागरिक अभिनन्दन गरिने

गणतन्त्रनेपाल समाचारदाता

देउखुरी, २४ पौष । लुम्बिनी प्रदेशका वर्तमान तथा निवर्तमान मुख्यमन्त्री सहितका व्यक्तित्वहरुलाई नागरिक अभिनन्दन गरिने भएको छ ।

राजधानी व्यवस्थापन तथा सहजीकरण मुल समितिले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङबाट औपचारिक रुपमा कार्यान्वयन भएको भन्दै सो कार्यमा सक्रिय रुपमा भुमिका निर्वाह गर्नेे लुम्बिनी प्रदेशका वर्तमान तथा निर्वतमान मुख्यमन्त्री सहितका व्यक्तित्वहरुलाई पुस २८ गते राप्ती गाउँपालिकामा पञ्चेबाजा सहित मायाको चिनो सहित नागरिक अभिनन्दन गर्न लागिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ ।

सो कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने लुम्बिनी प्रदेशका वर्तमान तथा निर्वतमान मुख्यमन्त्री, मन्त्रीहरु सहित प्रदेश प्रमुख, मुख्य सचिव, मन्त्रालयका सचिव लगायतलाई धन्यबाद सहितको नागरिक अभिनन्दन गर्ने बारेमा आइतवार राप्ती गाउँपालिकाको सभाहलमा मसुरीयामा छलफल गरिएको हो । छलफलले सम्मानित हुने व्यक्तिहरुको छनौट गर्न राजधानी व्यवस्थापन तथा सहजीकरण मुल समितिलाई दिने र राजधानी स्थानान्तरण तथा कार्यान्वयनमा भुमिका खेल्ने मुल समिति सहित उपसमिति लगायत सो कार्यमा खटिएका व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्ने लगायतको निर्णय गरेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिनुभयो।

राजधानी व्यवस्थापन तथा सहजीकरण मुल समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, प्रवक्ता पहलवान चौधरी, निमिक्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पौडेल, नेकपा एमालेका मदन अधिकारी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, नेकपा माओवादी केन्द्रका नारायण प्रसाद शर्मा, राष्टिय जनमोर्चाका दलबहादुर घर्ती, राप्रपाका टेकबहादुर गिरी, बलिराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका लिलागम्भीर चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी, ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, थारु कल्याणकारिणी सभाका गोपालप्रसाद चौधरी, राप्ती गाउँपालिकाका सुचना अधिकारी विश्वास विक लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID