लालमटियामा विधुत सर्ट भएर आगलागी, करिव २५ हजार बराबरको क्षती

गणतन्त्रनेपाल समाचारदाता

लालमटिया २४ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया एक भान्सा सहितको गोठमा आगलागी भएको छ ।आगलागि बाट करिव २५ हजार बराबरको क्षति भएको पत्रकार ओम प्रकाश गुप्ताले जानकारी दिनुभयो।

लालमटिया निवासी टुकबहादुर गुरूङको भान्सा सहितको गोठमा आइतबार दिउँसो करिव ३:५५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा ल्याएका थिए । आगलागीबाट काठ र पराल गरि अन्दाजी २०/२५ हजार बराबरको क्षति भएको पिडित गुरूङले जानकारी दिनु भयो । एकिन विवरण आउन बाँकी रहेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID