बंगलाचुलीमा अन्तरजिल्ला तथा अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरुको संयुक्त बैठक सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

कमिरेचौर,२३ पौष। दाङको बंगलाचुली गाउँपालिकामा शनिबार अन्तरजिल्ला तथा अन्तरपालिका स्तरीय जनप्रतिनिधिहरुको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा गढवा, बंगलाचुली,राप्ती,माण्डवी गाउँपालिकाका अध्यक्ष हरु र स्वर्गद्वारी नगरपालिकाका प्रमुखको सहभागिता रहेको थियो।

बैठकले विभिन्न योजनाहरु मार्फत अन्तरजिल्ला अन्तरपालिका विषेश अनुदान कार्यक्रम संचालन गर्नका लागि संघिय सरकार तथा राष्ट्रिय योजना आयोगमा वजेट माग गर्ने निर्णय गरेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

बैठकले भौतिक पूर्वाधार (सडक) तर्फ भौरीसाल नाका- चिमचिमे- महदेवा- करंगे- हाँसीपुर-मुर्कुटी- सिउडे- अमारे- आँपचौर- टोड्यार- हुदै स्वर्गद्वारी अन्तरपालिका जोड्ने पर्यटन मार्ग,मौरीघाट- देविकोट- घोसखोला- पाँचपोखरे- मुर्कुटी-गणतन्त्र मार्ग, र मुलावारी -झिँगा-छापडाँडा- काईराले- जसपुर- वरडाँडाँ हाँसीपुर हुँदै ऐरावती जोड्ने रणनैतिक सडक निर्माणका लागि बजेट माग गर्ने निर्णय समेत गरेको अध्यक्ष पोख्रेलले बताउनु भयो।

त्यसैगरी शिक्षा तर्फ बंगलाचुलीमा कृषि विज्ञान सम्वन्धि शिक्षालय स्थापना, स्वर्गद्वारी नगरपालिका प्युठानमा वेद शिक्षालय स्थापना, र मानवीय जीवनमा नैतिक शिक्षा अभियान कार्यक्रम संचालनका लागि बजेट माग गर्ने निर्णय भएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट ले जानकारी दिनुभयो।

अध्यक्ष विष्टका अनुसार बैठकले खानेपानी तर्फ सबै गाउँपालिका र नगरपालिकामा एक घर एकधारा कार्यक्रम,हरेक विद्यालय सुद्ध खानेपानी कार्यक्रम,सामाजिक विकास तर्फ राप्ती गाउँपालिकामा अवस्थित निलसागर असाहय,असक्त तथा वेसाहारा सेवा आश्रम (मानव सेवा प्रतिष्ठान)लाई साझा संस्थाकोरुपमा अगाडी वढाउने साथै त्यसको लागि जनशक्ति र पूर्वाधारको अध्ययन गरी योजना माग गर्ने ,कृषि तर्फ दुध उत्पादन विशेष कार्यक्रम ,अनुदानमा आधारित वाख्रा पानलन कार्यक्रम,राप्ती माडी नदि मत्सय पालन कार्यक्रम,अमिलो प्रजाती विश्ष कार्यक्रम बंगलाचुली,राप्ती,गढवा,माण्डवी र स्वर्गद्वारी र स्मार्ट कृषिकार्यक्रम संचालनका लागि वजेट माग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पर्यटन विकास तर्फ गढवाको जंगलकुटी , राप्तीको खौराहा बाबा ,बंगलाचुली गाउँपालिकाको ,बंगलाचुली र गढी लेक स्वर्गद्वारीको उदयपुर दरवार पर्यटन विकास कार्यक्रम संचालनका लागि रकम माग गर्ने र स्वास्थ्य तर्फ माण्डवी गाउँपालिका प्युठानमा मनोपरामर्श स्वास्थ्य सेवा संचालन गर्नका लागि वजेट माग गर्ने निर्णय भएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको बैठकमा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट , गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल( विश्वास),प्युठान माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन),माओबादी केन्द्रका नेता वसन्तराज शर्मा (विक्रान्त),बसन्त घर्ती लगाएतको सहभागिता रहेको थियो । स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले बैठकले गरेका निर्णयहरुलाई फोन मार्फत एकेवद्धता जानाउनुभएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID