
लमही,२२ पौष । दाङकाे देउखुरीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।
उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





