नयाँ सरकार गठनको दाउपेचमा दलहरू, २७ पुसभित्र दाबी पेश गर्न आह्वान

गणतन्त्रनेपाल डटकम

प्रदेशमा पुस २७ गते भित्रै मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार प्रेस बिज्ञप्ति जारी गर्दै पुस २७ गते दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई आह्वान गर्नु भएकाे छ।

कुनै दलको बहुमत नभएको स्मरण गराउँदै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश उक्त समय सीमा तोकी हाे । यो संगै अब लुम्बिनीमा सत्तासिन दलमध्य नेकपा एमालेका लिला गिरी वा नेकपा माओबादी केन्द्रका जोखबहादुर महरा मध्य को मुख्य मन्त्री को हुने भन्ने चासोको बिषय बनेको छ ।

गिरीले रुपेन्देहीको र महराले रोल्पाको प्रतिनिधित्व गर्छन । मुख्य मन्त्रीमा सबै भन्दा ठूलो दल हुनुको नाताले एमालेले दाबी स्वभाविक रहेको यसअघि नै महासचिव शंकर पोखरेलले बताइ सकेका छन् । त्यस्तै माओबादीका नेताहरुले पनि लुम्बिनीमा आफ्नो दाबी छोड्न नमिल्ने बताउँदै आएका छन् । लुम्बिनी प्रदेशसभा कुल ८७ सदस्यीय रहेको छ ।

यसको वहुमत पुग्न ४४ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका समान ४ \ ४, जसपा र जनमत पार्टीका पनि समाजन ३्\३ सांसदहरु रहेका छन् । यही अवस्थामा सत्ता गठबन्धन दलहरुको ५२ सांसद पुग्छ । जुन सरकार गठनका लागि प्रयाप्त हो । पछिल्लो समय टिकट नपाउँदा नेकपा माओबादी केन्द्रबाट बिद्रोह गरि स्वतन्त्रबाट निर्वाचित रोल्पाका दिपेन्द्र पुनपनि माओवादीमा प्रवेश गरेका छन् ।

उनीसहित सत्तापक्षको संख्या ५३ पुग्ने हुँदा यही समिकरण कायमै रहे सत्ता गठनका लागि सहज देखिन्छ । तर, आफ्नै नेतृत्वमा सरकार गठनको दाउपेचमा नेपाली काँग्रेसपनि उत्तिकै चलखेलमा लागेको छ । दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका २७ संसद छन् ।त्यस्तै हालसम्म बिपक्षी मानिएका लोकतान्त्रिक समाजबादी पार्टीका ३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका समान १्\१ सांसद छन् । माओबादीबाट बिद्रोह गरि स्वतन्त्र हैसितमा जितेका २ सांसदपनि हालसम्म बिपक्षीमै देखिएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID