
गढवा, १७ पौष
गढवाको बालकल्याण आधारभुत बिद्यालय बालाखुटिको ४ कोठे भवनको सोमवार शिलान्यास गरिएको छ ।
सोमवार बालकल्याण आधारभुत बिद्यालय बालाखुटिमा एक कार्यक्रमको आयोजना गरी गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले चार कोठे भवनको शिलन्यास गर्नु भएको हो ।

गढवा गाउँपालिकाको रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुल ४५ लाख रागतबाट सो भवनको निर्माण कार्य सुरु गरिएको विध्यालय प्रधानाध्यापक तारा ढुङगानाले जानकारी दिनुभयो।
विध्यार्थीको चाप बढीरहेको र विध्यालयको भौतिक संरचनाहरु जिर्ण अवस्थामा रहेकोले अति आवश्यक ठान्दै चार कोठे पक्की भवनको निर्माण कार्य सुरु गरिएको बिध्यालय ब्यवस्थापन व्यवस्थापनका अध्यक्ष हुमाकान्त सुबेदीले जानकारी दिनुभयो।

विद्यालयका अध्यक्ष हुमाकान्त सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका वडानम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आले र शिक्षाशाखा प्रमुख श्याम बिक द्वारा संयुक्त रुपमा शिलान्यास गरिएको हो ।कार्यक्रममा वडा सदस्य दिनमणी आचार्य ,कमला नेपाली,बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुको उपस्थिति रहेको थियो






