गढवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको बनभोज कार्यक्रम

आलोक भावुक

गढवा, १५ पौष ।गढवा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको बनभोज कार्यक्रम शुक्रवार गढवा गाउँपालिकाको वडा नम्बर – ५ को जमुनिवासमा सम्पन्न भएको छ।

गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गढवा गाउँपालिकाको बिभिन्न वडामा कार्यरत महिला तथा पुरुष स्वास्थ्यकर्मीहरुको बनभोज कार्यक्रम सम्पन्न भएको हो।

भरखरै सम्पन्न प्रदेश सभाको निर्वाचनमा खटिएका कर्मचारीहरुले मात्र आर्थिक संकलन गरेर निर्वाचनमा नखटिएका सहकर्मीहरुलाई बनभोज पार्टि खुवाएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।

आपसी प्रेम, सद्भाव र सहकार्यको लागि सबै सहकर्मीहरुको साथ सहयोग आवश्यक रहेको भन्दै निर्वाचनमा कर्मचारीको रुपमा नाम नपरेपछी केही स्वास्थ्यकर्मीहरुको मनमुटाव भएको थाहा पाएपछी निर्वाचनमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरुले रकम संकलन गरी सामुहिक रुपमा बनभोजको आयोजना गरिएको प्रमुख चौधरीले बताउनुभयो।

बनभोज कार्यक्रम गढवा गाउँपालिकाका आठ वटै वडामा बिभिन्न ठाउँमा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो भने स्वास्थ्यकर्मीहरुको निमन्त्रणामा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र प्रेस संयोजक सहितको टोलीले बनभोज कार्यक्रममा सहभागी भएको थियो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID