
गढवा, १४ पौष
जव सम्म प्रशासन र सुरक्षा निकाय आफ्नो मातहतमा रहदैनन् तब सम्म सुशासनको परिकल्पना सम्भव नहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनु भएको छ ।
बिहिवार जिल्ला समन्वय समिति दाङको आयोजन तथा गढवा गाउँपालिकाको व्यवस्थापनमा स्थानीय तह, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो।

गढवा गाउँपालिका वडा नम्बर ३ को जंगलकुटीमा भएको अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री केसीले प्रहरी ऐन जारी भएपछी लागु हुनु पर्ने बताउनु भयो तर समायोजनको कारणले बहस नटुङ्गीएको बताउदै टुङ्गिने बित्तिकै सातवटै प्रदेश र ७ सय ५३ वटै पालिकाहरुले पनि आफ्नो नगर प्रहरीको ऐन बनाएर जारी गर्न पाउने बताउनुभयो।

प्रशासन र सुरक्षा निकाय आफ्नो मातहतमा भए सुशासनको परिकल्पना गर्न सकिने बताउनु भयो । काठमाडौं महानगरपालिकाको उदाहरण दिदै मुख्यमन्त्री केसीले भने आफ्नो स्रोत साधनको जगेर्न गर्दै सुशासन कायम गर्ने हो भने नगर प्रहरी अनिवार्य रहेको बताउनुभयो।
नगर प्रहरी नभएको भए बालेन शाह लाई काम गर्न सहज नहुने इसारा गर्दै मुख्यमन्त्री केसीले नदिजन्य पदार्थको चोरी तस्करी नियन्त्रण गर्न सभाबाट स्थानीय प्रहरी ऐन बनाएर त्यै अनुरुप अघि बढे सफल हुने बताउनु भयो।

स्थानीय तहमा नदिजन्य पदार्थकाे अवैध दाेहनले निकै समस्या पैदा गरेकाे हुँदा यसकाे राेकथाम गर्न र राजस्व चुहावट राेक्न आफ्नै श्राेत साधनकाे उपयाेगमा अघि बढ्न सचेत समेत गराउनु भयो।
राज्य संरचनाकाे रुपमा पनि हरेक दस वर्षमा संविधानकाे समीक्षा गर्न सकिने अवस्था रहेकाे हुँदा प्रदेश सरकारले गरेका कामका बारेमा आउने सरकारले समीक्षा गर्नुपर्ने बताउनुभयो।
लुम्बिनी प्रदेश सरकारले ७२ वटा कानुन निर्माण गर्न सफल भएको र निजामती ऐन अन्तिम चरणमा पुगेकाे बताउदै यसले आफ्नाे स्थायी प्रशासन व्यवस्थित बनाउन सघाउने मुख्यमन्त्री केसीले बताउनुभयो।

तर बितेकाे पाँच वर्षमा संविधानकाे हरफमा रहेका अनुसुची टुंग्याउन नसक्दा प्रदेश प्रहरी संरचना अधुराे रहेकाे अवगत गराउनु भयो।
त्यसैगरी कार्यक्रममा घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरीले प्राकृतिक स्राेत साधनकाे साझा सुचीमा राखिएको कुरालाई स्पष्ट रुपमा तीन तहका सरकारलाई राखेकाे हुँदा स्थानीय सरकारले यसकाे भरपुर उपयाेग हुनुपर्ने कुरामा जोडिनु भयो।

गढवा गाउँपालिका वडा नम्बर ३ स्थित सिद्ध बाघनाथ बाबा
जंगलकुटीमा भएको कार्यक्रमको बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यम नारायण पाेख्रेलले नदिजन्य पदार्थ व्यवस्थापनमा समस्या भएको हुँदा चाेरी बढेकाे, जनशक्ति अभावले स्राेत साधन दाेहन बढेको बताउनुभयो। यस्तै कानुनी रुपमा पालिकाकाे भुमिका स्पष्ट नहुँदा राज्यकाे राजश्व गुमेकाे तथा अवैध दाेहन राेक्न खाेज्दा ज्यान मार्ने धम्की समेत आएको बताउनु भयो।

राप्ती नदीमा थुपारेर राखिएको नदिजन्य पदार्थको पालिकाले जफत गरेको बताउदै नदिजन्य पदार्थको चोरी निकासी ठुलो समस्याको रुपमा रहेको बताउनुभयो। जनप्रतिनिधिहरु रातभरी गस्ती गरेको जानकारी गराउदै अध्यक्ष पोख्रेलले पालिकाको राजश्वको मुख्य स्रोत नै नदिजन्य पदार्थ भएकोले नियन्त्रण गर्न नसक्दा करोडौको राजस्व पालिका लाई घाटा लागेको बताउनुभयो।

यसै गरी राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले नदि जन्य पदार्थको चोरी तस्करी राप्ती गाउँपालिकाको पनि ठुलो समस्याको रुपमा रहेको बताउनुभयो ।नदिजन्य पदार्थको चोरी नियन्त्रण ठुलो चुनौती भएको बताउनुभयो।
राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले नदिजन्य बस्तु दाेहन राेक्न पालिकाबाट सम्भव नभएको बताउनु भयो। नदिजन्य पदार्थ तस्करी गर्ने हरु प्रहरीको मिलोमतोमा निडर भएर काम गरिरहेकोले रोक्न सजिलो नभएको बताउनुभयो।

कार्यक्रममा दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन लगायतले स्थानीय श्राेत साधनकाे उपयाेगमा अन्तरपालिका बिच सहकार्य हुनुपर्ने कुरामा जाेड दिनु भएकाे थियो।
समन्वय प्रमुख शर्माले अन्तरपालिका बिच समन्वय र सहकार्य गर्नुपर्छ भन्ने उद्देश्य पुरा गर्न पालिका स्तरीय घुम्ती समन्वयात्मक बैठक गर्दै आएकाे बताउनु भयो । आर्काे बैठक तुलसीपुरमा बस्ने समन्वय प्रमुख शर्माले जानकारी समेत दिनुभयो।
जिल्ला समन्वय समिति दाङका संयाेजक नित्यन्नद शर्माको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीकाे प्रमुख अातिथ्यता एवम् स्वास्थ्य ,जनसङ्ख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुकाे विशिष्ट अातिथ्यता सम्पन्न भएको थियोे । साे अवसरमा दाङ जिल्लाका दश वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो।
गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।





