
गढवा, ९ पौष
गढवा उद्योग वाणिज्य सङ्घको ७ औ वार्षिक साधारण सभा गढवा उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष खिम बहादुर बुढामगरको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाल कृष्ण सुबेदीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको सभामा बैल्दै प्रमुख अतिथि सुबेदीले उद्योगी र ब्यापारीहरुबाट नै सञ्चालित बैंकहरुले उद्योगी र ब्यापारीहरु संग राम्रो ब्यवहार नगरेको बताउदै बैंकहरुले उद्योगी र ब्यापारीहरु संग ब्याजदर र अन्य बिषयमा सकारात्मक हुनु पर्ने बताउनुभयो । झोलामा बोकेर गाउंघरमा व्यापार गर्दै हिडेको ब्यापारीहरुले गर्दा ब्यापारिक कर नउठेको बताउदै त्यस्ता ब्यापारी लाई प्रतिबन्धित गर्न आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी कार्यक्रमका बिशिस्ट आतिथी तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उध्धोग बाणिज्य संग गढवा छोटो समयमै राम्रो प्रगति गरेको भन्दै सम्पूर्ण पदाधिकारीहरु लाई धन्यवाद ज्ञापन गर्नु भयो। कोरोनाकाल देखि नै उद्योगी र ब्यापारीहरुलाई ठुलो असर परेकोले उद्योगी र ब्यापारीहरुलाई निराशा पैदा भएको बताउनुभयो। उध्धोग बाणिज्यसंगले देशको समग्र विकासमा खेलेको भुमिका अतुलनीय रहेको बताउनुभयो।

बैंक हरुले मनपरी ढंगले ब्याज बढाउदै लगेको हुनाले ठुलो समस्या परेको तर यसको नियन्त्रण स्थानीय सरकारले मात्र गर्न नसक्ने बताउदै अध्यक्ष पोख्रेलले उध्धोग बाणिज्य संघ र स्थानीय सरकार समन्वय र सहकार्य गरेर माथिल्लो तहमा दबाब दिन आवश्यक रहेको बताउनुभयो। गढवा गाउँपालिकामा ब्यवसायीक कर न्युन मात्रमा आएको भन्दै गढवा उद्योग बाणिज्य संघको सहकार्यमा सम्पूर्ण उध्धोगी ब्यापारी हरु संग छलफल गरेर बुझाउनका लागि पहल गर्न आवश्यक रहेको बताउनु भयो।

साथै गढवाका उध्धोगी ब्यापारीहरुले बाट उठेको करको केही प्रतिशत रकम गढवा उद्योग बाणिज्य संघलाई दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो। साथै गढवा गाउँपालिकाको धानखोला, कालाकाटे र गढवा बजारलाई ब्यवस्थित गर्न पहल गरिरहेको बताउनुभयो। गढवाको फोहोर मैला व्यवस्थापन गर्ने तर्फ अग्रसर रहेको बताउदै केही समयमै सडै मिलेर बैज्ञानिक ढंगले ब्यवस्थापन गर्ने तर्फ काम गरिरहेको बताउनुभयो।

त्यस्तै गढवा गाउँपालिका वडा नम्बर – ६ का वडाका वडाध्यक्ष विर बहादुर आले मगर, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण वहादुर बुढाथोकी, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम बहादुर केसी, गढवा उध्धोग बाणिज्य संगका संस्थापक अध्यक्ष युवराज पोख्रेल,हापुरे उध्धोग बाणिज्य संघका अध्यक्ष टिका राम खत्रीले व्यवसायीहरुको हकहितमा काम गर्नु पर्ने भन्दै शुभ कामना दिनु भएको थियो।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिह बुढाथोकी, राप्ती उध्धोग बाणिज्य संघ भालुबाङका अध्यक्ष प्रेम बहादुर केसी, सिसहनिया उध्धोग बाणिज्य संघका अध्यक्ष पुर्ण बहादुर बुढाथोकी, हापुरे उध्धोग बाणिज्य संघका अध्यक्ष टिका राम खत्री, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष राम प्रसाद पोख्रेल, गढवा होटेल व्यवसायी संघका सचिव तिलक बहादुर पुन, सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठक, रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, इप्रका गढवाका प्रतिनिधि पवन कुमार चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य जगत आचार्य, चेतनशिल महिला समाज केन्द्रकी शकुन्तला डिसि, गढवामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रममा आउनु भएका अतिथिहरुलाई मायाको चिनो स्वरुप खुद्रुके प्रदान गरिएको थियो।

उध्धोग बाणिज्य संघको संस्थागत प्रतिबेदन संस्थाकी सचिव मधा न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने संघको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष खुमानन्द पोख्रेल ले प्रस्तुत गर्नुभएको थियो।
संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका उपाध्यक्ष ओमप्रकाश बसेलले गर्नु भएको थियो





