गढवा सामुदायिक पुस्तकालयले विपन्न र अपांगता भएकालाई सिप सिकाउँदै 

गणतन्त्रनेपाल समाचारदाता

गढवा ९ पुस । देउखुरी गढवा स्थित सानमुदायिक पुस्तकालय केवल पुस्तकहरु पढ्ने सेवा प्रवाह गर्ने निकाय नभएर अति विपन्न र अपांगता भएका घर परिवारलाई सिप सिकाउने अभियाननमा पनि लागेको पाइएको छ ।

गत बर्ष २५ जनालाई रिड नेपालबाट प्राप्त परियोजना मार्फत ब्यवसाय प्रबर्धन सिप सिकायौ र १० जनालाई ब्यवसाय गर्न आर्थिक सपोर्ट पनि गरयौं । सोहि अनुरुप यस बर्ष पनि २५ जना अति बिपन्न र सिमान्तकृत बर्गका नागरिकहरुलाई ७ दिने व्यवसायिक सिप सिकाउने तालिम सञ्चालन गरेका हौं–पुस्तकालयका अध्यक्ष ओभा पाठकले भनिन् ।

गत सात दिन अघि देखि देउखुरी सामुदलायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाले २५ जना अपांगता भएका परिवार र अति विपन्न परिवारलाई ३ दिने उद्यमशिल तालिम, १ दिने वित्तिय साक्षरता तालिम र ३ दिने जिविकोपार्जन तथा व्यवसायिक सिप बिकास तालिम दिएर सिप सिकाएको छ ।

पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा भएको ७ दिने तालिम समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले अपांगता भएका घर परिवार र बिपन्न सिमान्तकृत नागरिकहरुलाइ व्यवसायिक सिप प्रदान गरेकोमा पुस्तकालयलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

गढवा गाउँपालिकाले पनि यस्ता नागरिकहरुको पहिचान गरी व्यवसायका लागि सपोर्ट गर्ने र स्वरोजगार बनाउने लक्ष्य अनुरुप बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताइन्का। कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिरबहादुर आलेले वडा नम्बर ६ का यि नागरिकहरुलाई ब्यवसाय प्रर्बधनका लागि सिप सिकाउन वडा कार्यालयले छनोट गरेको बताए ।

कार्यक्रममा वडा सदस्य दिनमणि आचार्य, प्रशिक्षक राजेन्द्र कुमार रायमाझी, अपांगता संरक्षण सञ्जाल गढवाका अध्यक्ष भरत कुमार पन्त, सहभागीहरु मनिषा कुमाल चौधरी र हेमन्तबहादुर रावत लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार शिबराज पन्थीले गरेका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID