गढवाका संघ संस्थाहरुद्वारा गाउँपालिका लाई ध्यानाकर्षण पत्र 

आलोक भावुक

गढवा, ८ पौष

गढवा गाउँपालिकाका विभिन्न १६ वटा संघ संस्थाहरुले गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

१६ वटा संघ संस्थाहरुले नेतृत्व गर्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले शुक्रबार गढवा गाउँपालिका मै पुगेर ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नु भएको हो ।

गढवा गाउँपालिकाको कुनै पनि कार्यक्रम संघ संस्थाहरुले सहकार्य गरेर गर्दा ३० प्रतिशत रकम संघ संस्थाहरुले लगानी गर्नु पर्ने नियमको बिरुद्दमा ध्यानाकर्षण पत्र बुझाएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले जानकारी दिनुभयो।

पालिका संग सहकार्य गरेर काम गर्दा संघ संस्थाहरुले ३० प्रतिशत रकम लगाउनु पर्ने हुदा केही संघ संस्थाहरुको आर्थिक अवस्था कमजोर रहेको हुनाले ३० प्रतिशत रकम पनि लगानी गर्न नसक्ने अवस्थामा रहेकोले ३० प्रतिशत रकम हटाउन पर्ने माग बिभिन्न संघ संस्थाहरुले उठाइएको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाका अध्यक्ष ओभा पाठकले बताउनुभयो।

ध्यानाकर्षण पत्र बुझ्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संघ संस्थाहरुले उठाएको बिषय जायज भएतापनि सरकारको नियम अनुसार संघ संस्थाले सहकार्य गरेर कार्यक्रम गर्दा अनिवार्य रुपमा खर्चको ३० प्रतिशत रकम लगाउनु पर्ने कानुनी प्रावधान रहेको हुंदा त्यसलाई सच्याउन नमिल्ने स्पष्ट पार्नु भएको छ।

पालिकाको कुनै पनि शाखा संग सम्बन्धित कार्यक्रम अवश्यता अनुसार सहमति र सहकार्य गरेर संघ संस्था संग हातेमालो गरेर गर्ने तर ३० प्रतिशत रकम संघ संस्थाहरुले नै ब्यहोर्नु पर्ने स्पष्ट कानुन रहेको हुँदा त्यही अनुरुप आफु अघि बढेको संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लाई जानकारी गराएको बताउनुभयो।

आफुले समग्र गढवा गाउँपालिकाको संघ संस्थाहरुको साथ सहयोग बाट गढवा गाउँपालिका लाई उत्कृष्ट गाउँपालिका बनाउने तर्फ अग्रसर रहेको बताउदै अध्यक्ष पोख्रेलले गढवा गाउँपालिका भित्र रहेका विभिन्न संघ संस्थाहरुलाई समन्वय गर्न र नमुना गाउँ पालिका बनाउन साथ र सहयोग गर्न अनुरोध समेत गर्नु भयो।

गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, १६ वटा संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID