गढवा गाउँपालिकाको विशेष अधिवेशनको दोस्रो बैठक सम्पन्न

आलोक भावुक

गढवा, ६ पौष

गढवा गाउँपालिकाको विशेष अधिवेशनको दोस्रो बैठक सम्पन्न बुधवार गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको सभाध्यक्षतामा भएको बिशेष अधिबेशनमा १२ वटा प्रस्तावहरु सभाअध्यक्षले पेस गर्नु भएको थियो।

पहिलो प्रस्तावमा गढवा गाउँपालिका भित्र अस्पताल तथा स्वास्थ्य संस्थाहरु स्थापना तथा सञ्चालनको ब्यवस्थापन कार्यविधि २०७९ बिशेष सभामा पेस गर्नका लागि गढवा गाउँपालिकाका गाउँकार्यपालिकाका बिधायक समितिका संयोजक लेख राज थापाले प्रस्तुत गर्नुभएको थियो।

विशेष सभाले शिक्षा, स्वास्थ्य र करार कर्मचारीहरु बारे प्रस्तावहरु पास गरेको जनाएको छ ।

सभाले गढवा गाउँपालिकाको नगर प्रहरी विधेयक २०७९, अस्पताल तथा स्वास्थ्य संस्थाहरु स्थापना तथा सञ्चालन ब्यवस्थापन कार्यबिधि २०७९,गाउँपालिकाले घर टहरा वहल तथा जग्गालिजमा दिने/लिने र सरकारी जग्गा लिजमा उपलब्ध गराउन सिफारिस गर्ने सम्बन्धी कार्यविधि २०७९,गाउँ खेलकुद विकास समिति गठन तथा संचालन कार्यविधि, ६० बर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई कार्यविधि २०७९ तयार पारेको जनाएको छ। सभा ८ गते पुनः बस्ने गरी स्थगित गरिएको छ ।

बिशेष अधिबेशन गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशेष उपस्थिति रहेको थियो। बिशेष सभाको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID