
गढवा, ३ पौष
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनु भएकाहरुको सम्झनामा गढवामा दिप प्रज्वलन गरिएको छ ।

नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाईएको छ। आप्रवासी श्रमिक हकहित संरक्षण मञ्च गढवाले आयोजन गरेको हो ।

गढवा बजारको मुख्य चोकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र गढवा गाउँपालिका वडा – ६का वडाध्यक्ष बिर बहादुर आले मगरले संयुक्त रुपमा दिप प्रज्वलन गरि बैदेशिक रोजगारमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बिना वैदेशिक रोजगारीमा जाने श्रमिकहरूसँग सम्बन्धित गन्तव्य मुलुकको रहनसहन, खानपान, मौसम तथा नियमजस्ता विषयमा जानकारी नहुँदा असहज अवस्था सिर्जना हुने गरेको बताउनु भयो ।रोजगारीका लागि विदेश जाने युवाहरू हतारमा गन्तव्य मुलुक पुग्न चाहने र आफ्नो सुरक्षाबारे चासो नलिने गर्दा अनेक दुर्घटना हुने गरेको अध्यक्ष पोख्रेलको भनाई थियो। बैदेशिक रोजगारमा जानु भन्दा पहिले त्यसठांउ, काम, कम्पनीको बारेमा राम्रो संग बुझेर मात्र जान अनुरोध गर्नु भयो। बिना सिप ज्ञान अन्य देशमा सोचे जस्तो सहज वातावरण नभएको बताउदै अध्यक्ष पोख्रेलले स्वरोजगार मुलक कार्य गर्नका पालिका बाट हुन सक्ने सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिरबहादुर आले मगरले बिदेश जस्तो परिश्रम र समय स्वदेशमा खर्च गरे राम्रो आम्दानी गर्न सकिने बताउनुभयो। बिदेश सोचे जस्तो सहज नभएको बताउदै स्वदेश मै लगानी गरेर काम गर्न युवावर्गलाई अनुरोध गर्नुभयो। वडाबाट अवश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो।
आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै श्रमिकहरु माथि हुन सक्ने विभेदलाई ध्यानमा राखेर संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तीनका परिवारको सदस्यहरूको अधिकार संरक्षण सम्बन्धी महासन्धि, १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म वैदेशिक रोजगारीको क्रममा १० हजार ९ सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ । दुई हजार १ सय २५ जना गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।





