भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा उद्धार

आलोक भावुक

गढवा, ३ पौष । भारतमा बेचिन लागेकी युवतीको गढवा गाउँपालिका द्वारा ३१ औं दिनमा सकुसल उद्धार गरिएको छ।

गढवा गाउँपालिकाकी १७ बर्षिय सुरक्षा चौधरी (नाम परिवर्तन गरिएको) लाई भारतको बहराईज बाट उद्दार गरेको गढवा गाउँपालिकाले जनाएको छ ।

ति युवतीलाई अञ्जान ब्यक्तिले बिभिन्न प्रलोभनमा पारेर नेपालगंजको रुपैडिहा बर्डर हुदै बहराईज पुर्याई आफू फरार भएको बताएकी छिन् ।

आफुले बेचिन लागेको थाहा पाएपछी नेपालगंजका एक ब्यक्तिलाई आफ्नो आमाको मोबाइल नम्बर दिएर मेरो नम्बर हो फोन गर्नु भनेर घरपरिवार सम्मा खबर पुर्याएको बताएकी छन्।

घरपरिवारमा अञ्जान मोबाइल नम्बर बाट फोन आएपछी त्यही फोनको भरमा गढवा गाउँपालिका वडा नम्बर – ४ का वडाध्यक्ष हरिभगत चौधरी र गढवा गाउँपालिकाका प्रेस संयोजक उमानाथ यादव (आलोक भावुक) को एकदमै सुझबुझका साथ ति युवकलाई मङ्सिर १७ गते नेपालगंज बसपार्क बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका हुन्।

ति युवक संग प्रहरीले सोधपुज गर्दा आफुले भारतको लक्ष्मणनगरमा भेटेको र त्यही समय मोबाइल नम्बर पाएको स्वीकार गर्यो। भारतको बहराईजमा रहेको आदर्श थाना र शान्ति पुनर्स्थापना गृह नेपालगंज बाँकेको बिशेष सहयोगमा ३१ औं दिनपछी भारतीय मोबाइल बाट फोन आएको हो।

भारतीय नम्बर बाट फोन आएपछी त्यही नम्बरको लोकेसनको आधारमा खोज तलास गर्दा भारतीय एक परिवारले युवतीको को बिबरण सहित स्थान बताए पछी त्यही अनुरुप खोजतलाज गर्दा केटीलाई सम्पर्कमा ल्याइएको वडाध्यक्ष हरिभगत चौधरीले बताउनुभयो।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीले घटनाको बारेमा सुरुदेखि नै चासोको रुपमा हेरेको र आवश्यक सहयोग गर्ने बताउनु भएको वडाध्यक्ष चौधरीले जानकारी दिनुभयो।

यसरी गढवा गाउँपालिकाको पहलमा, स्थानीय जनप्रतिनिधि, भारतीय प्रहरी, शान्ति पुनर्स्थापना गृह नेपालगंज बाँके र गढवा गाउँपालिकाका पत्रकारको सहयोगमा भारतको बहराईजमा रहेको एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी दाङ ल्याएको हो ।

दाङ देउखुरी गढवा गाउँपालिकाकी १७ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको हो।

जागिर तथा विवाहको प्रलोभनमा परी आफु भारत पुगेको र त्यहाँ पुगेको केही दिनपछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि परिवारलाई जानकारी गराएको उद्धार गरिएकी युवतीले बताएकी छन्।

उद्दार पछी पुष ३ गते गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,४ नम्बर वडाका वडाध्यक्ष हरिभगत चौधरी, ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापा, ३ नम्बर वडाका वडाध्यक्ष तुलसी राम अधिकारी, कार्यपालिका सदस्यहरु, पत्रकार लगायतकाको उपस्थितिमा परिवारलाई जिम्मा लगाएको गढवा गाउँपालिकाले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID