लुम्बिनीको राजधानी तत्काल दाङ नसार्न रुपन्देहीका एमालेका ४ प्रदेश सांसदको माग

गणतन्त्रनेपाल समाचारदाता

गढवा, १८ मङ्सिर

नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले दाङको भालुवाङको अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् ।

प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अब केही दिनमा बन्ने प्रदेश सभा र प्रदेश सरकारको जिम्मेवारीमाथि काम चलाउ सरकारलाई हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

प्रदेश सभाले व्यवस्थित गुरुयोजना र डीपीआर तयार गरी पूर्वाधार बनाएर राजधानी स्थापित गर्ने निर्णय गरेको भन्दै उनीहरुले त्यस विपरित कुनै संरचना नबनाई फेरि अस्थायी संरचनामा राजधानी नसार्न आग्रह गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID