गढवा गाउँपालिका द्वारा ४७ ट्रयाक्टर ढुङ्गा जफत, ६ ट्रयाक्टर नियन्त्रणमा

आलोक भावुक

गढवा,१६ मङ्सिर

अबैध रुपमा राप्ती नदिको बिभिन्न ठाउँमा थुपारेर राखेको ४७ ट्रयाक्टर ढुङ्गा शुक्रबार गढवा गाउँपालिकाले जफत गरेको छ।

गढवा गाउँपालिकाको क्षेत्रभित्र राप्ती नदीको बिभिन्न ठाउँमा उठाउनका लागि थुपारेर ठिक्क पारेको ढुङ्गा गढवा गाउँपालिले ११ वटा ट्रयाक्टर प्रयोग गरेर आफ्नो नियन्त्रणमा लिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

गढवा गाउँपालिकाले गढवा गाउँपालिकाको बिभिन्न वडाको बिभिन्न ठाउँमा अबैध रुपमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थ लाई उठाउने कार्य सुरु गरेको जनाएको छ ।

त्यसैगरी गढवा गाउँपालिकाले ठेक्का टेण्डर नखोलेको अवस्थामा मनपरी ढङ्गले नदिजन्य पदार्थ ओसारपसारको गरि रहेको अवस्थामा ६ वटा ट्रयाक्टर गढवा गाउँपालिकाको टिम र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली आफ्नो नियन्त्रणमा लिई अनुसन्धानको प्रक्रिया अगाडि बढाएको पालिकाले बताएको छ ।

बिना अनुमति मनोमानी ढंगले अबैध रुपमा खोला तथा नदिमा ट्रयाक्टर प्रवेश गराई नदिजन्य पदार्थ ओसारपसारमा संलग्न हुने लाई कानुन बमोजिम कडा कारबाही गरिने बताएको छ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID