गढवा गाउँपालिका र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको लागि सम्झौतामा हस्ताक्षर

आलोक भावुक

गढवा, १३ मङ्सिर

गढवा गाउँपालिका र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको लागि सम्झौतामा हस्ताक्षर भएको छ। गढवा गाउँपालिकाको कार्यालयमा दुई पक्षबीच आर्थिक वर्ष २०७९/०८० को कार्यका लागि सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौत अनुरुप गढवा गाउँपालिका वडा नम्बर ५ को सिमलतारा सिचाई कुलो तथा बाँध निर्माण र गढवा गाउँपालिका वडा नम्बर – ८ कोइलाबास पुनरभरन रिचार्ज ड्याम निर्माणको काम लाई निरन्तरता दिने सहमति भएको छ गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका र नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको लागि सम्झौता हस्ताक्षर भए पछी अधुरा रहेका विकास निर्माणका काम निरन्तरता पाउने र समयमा नै सम्पन्न हुने गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो।

सम्झौतमा हस्तान्तरण भए संगै अबको केही दिनमै काम सुरुवात हुने नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको जलवायु संयोजक सुनिल कुमार चौधरीले जानकारी दिनुभयो।

मंगलवार गढवा गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष यम नरायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, त्यसैगरी गढवा गाउँपालिकामा प्राविधिक शाखाका प्रमुख बिनय कुमार यादव, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको जलवायु संयोजक सुनिल कुमार चौधरी, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम दोस्रो चरणको बित्त तथा प्रशासकीय अधिकृत यम कुमार चौधरी लगायतको उपस्थितिमा परिमार्जित डिपिआर र सम्झौता पत्रमा हस्ताक्षर भएको गढवा गाउँपालिकाले जनाएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID