प्रमुख प्रशासकिय अधिकृतको ‘हिटलरी’ शासन भन्दै लमही नगरपालिकाका कर्मचारी आन्दोलित  

गणतन्त्रनेपाल समाचारदाता

लमही, १० मङ्सिर

लमही नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन । प्रमुख प्रशासकीय प्रमुख गेहेन्द्रबहादुर डाँगीले कर्मचारीलाई  जथाभावी दुःख दिन थालेको भन्दै कर्मचारी आन्दोलित भएका हुन ।

प्रमुख प्रशासकीय अधिकृत डाँगी रहेसम्म कामकाज गर्न असमर्थ रहेको जानकारी सहित नगर प्रमुख, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी लाई समेत ज्ञापन पत्र बुझाइएको कर्मचारी शिवराज न्यौपानेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत डाँगीले गरेका ज्यादतीहरुलाई १० बुदामा समेटेर ज्ञापनपत्र तयार पारिएको छ ।

‘प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले पटक–पटक लमही नगर प्रमुखबाट आफु अनुकुल निर्णय गर्न लगाई कर्मचारीलाई दरबन्दी नभएको ठाउँमा सरुवा गर्ने, लोकसेवा आयोगबाट नियुक्ती लिदा तोकिएको सेवा समुह भन्दा फरक स्थानमा कामकाज गर्न खटाउने, कर्मचारी माथी शोषणदमन ज्यादती गर्दै आएका घटनाहरु छन्’ विज्ञप्तीमा भनिएको छ, ‘हामी सम्पूर्ण कर्मचारीहरुको नगर प्रमुख समक्ष एक सूत्रिय माग प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगी यस कार्यालयमा रहेसम्म लमही नगरपालिकाको कार्यालय र मातहतको कार्यालयमा नियमित रुपमा कर्मचारी काम काज गर्न असमर्थ हुने, आइतबार देखी आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछौं ।’

ज्ञापनपत्रमा कर्मचारीहरुलाई अनावश्यक रुपमा नीति नियम, विधि पद्धती भन्दा बाहिर गएर आफु खुसी एक तर्फी रुपमा दरबन्दी विना मातहतको कार्यालयमा खटाएको, कर्मचारीहरुलाई कानुनी प्रक्रिया विना ई–हाजिरुबाट नाम हटाई हाजिर हुनबाट बञ्चित गरेको, लमही नगरपालिका अन्तरगतका कार्यालयका र्कचारीहरुलाई कार्यसम्पादन मुल्यांकनको डर त्रसा देखाई अनावश्यक दवाव सृजना गरेको आरोप लगाइएको छ ।

राईट म्यान ईन राईट प्लेसको सिद्धान्त विपरित कर्मचारीलाई आफु खुसी कार्य जिम्मेवारी दिने गरेको, प्रशासनिक कर्मचारीलाई प्राविधिक क्षेत्रमा र प्राविधिक कर्मचारीलाई प्रशासनिक क्षेत्रमा जिम्मेवारी दिएको, योग्यता प्रणालीबाट नियुक्त र्कचारीलाई गरिने निर्देशन कार्य पद्धती हिटलरी शासन भन्दा कम नभएको आरोप लगाइएको छ ।

लमही नगरपालिकाको कर्मचारी प्रशासनमा लुट प्रणाली स्थापीत गर्न खोजिएको, एउटै कर्मचारीलाई पटक–पटक सरुवा गरी मानसिक तनाव दिएको, महिनौं सम्म कर्मचारीहरुलाई पदिय जिम्मेवारी नदिई सजाय दिएको, जुन निजामती सेवा ऐन, नियम विपरित रहेको विज्ञप्तीमा उल्लेख छ ।

ज्ञापनपत्र वोधार्थको रुपमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाण्डौं, जिल्ला प्रशासन कार्यालय दाङ, कार्यपालिका सदस्य लमही नगरपालिकामा बुझाइएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID