गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

आलोक भावुक
गढवा, ९ मङ्सिर

गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु  भएके छ । गढवा गाउँपालिकाको आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गरी अन्य बिस ओटा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सह-आयोजनामा यहि मंसिर ९ गतेदेखि २४ गतेसम्म बिभिन्न कार्यक्रमहरु गरि लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय कार्यक्रम मनाईने भएको छ ।

सभ्य समाजको पहिचान,लैंगिक हिंसा बिरुद्धको अभियान भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा बिस वटा संघसंस्थाहरुको समेत आर्थिक लगानी तथा समन्वयमा सबैको अपनत्व बोध हुनेगरि गढवा गांउपालिकाके आठवटै वडाहरुमा कार्यक्रम सञ्चालन गर्न थालिएको गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।

शुक्रबार मंसिर ९ गते गढवा गाउँपालिकाको प्राङ्गणबाट सुरु गरिएको ब्यानर र प्लेकार्ड सहितको प्रदर्शनले गढवा बजारको मुख्य चोक हुदै गढवा स्वास्थ्य चौकी हुदै इलाका प्रहरी कार्यालय अगाडी दिप प्रज्ज्वलन गरि सभा सम्पन्न गरेर कार्यक्रमको बिधिवत रुपले उद्घाटन गरिएको छ ।

देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र गढवाकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य एवम् गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी,वन तथा वाताबरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकान्त पन्त,गढवा गाउँपालिका वडा नम्बर – ६ का वडाध्यक्ष बिरबहादुर आलेमगर र चेतनशिल महिला समाज केनद्रका अध्यक्ष सकुन्तला डिसी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैङ्गिक हिंसालाई मानवता विरुद्धको अपराध मानिएकाले यसको अन्त्यका लागि स्थानीय सरकारले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनुभयो । देशमा महिला मात्र हिंसामा नपारेको भन्दै ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पनि हिंसाको सिकार हुने गरेको बताउनु भयो । आफुले गढवा गाउँपालिकाको न्यायिक समिति बाट कैयौ हिंसाको मुद्दाहरु पालिका बाटै फैसला गरेको बताउदै उपाध्यक्ष चौधरीले हिंसा गर्न पनि नहुने र सहन पनि नहुने बिचार ब्यक्त गर्नु भएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर – ६ का अध्यक्ष बिर बहादुर आले मगरले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यका लागि सबै संघ, संस्थाका र समाज एक हुनु पर्ने धारणा राख्नु भएको थियो। यहि मङ्सिर ११ गते दक्षिण देउखुरी अधिकार मञ्चको संयोजनमा गढवाको वडा नम्बर ३ मा कार्यक्रम गरिने भएको छ भने मंसिर १६ गते दलित शसक्तिकरण अभियानको संयोजनमा गढवाको वडा नम्बर २ मा र मुक्त कम्लरी बिकास मञ्च दाङको समन्वय सहकार्यमा मंसीर १८ गते वडा नम्बर ५ र १९ गते वडा नम्बर ७ मा अन्तरक्रियात्मक कार्यक्रम गरिने भएको छ ।

मंसिर २१ गते शान्ती पुर्नस्थापना गृहको संयोजनमा कोइलाबासमा तथा मङ्सिर २२ गते धानखोला कृषि सहकारी संस्था र समुदाय स्रोत ब्यवस्थापन केन्द्रको संयोजनमा गढवाको १ नम्बर वडामा कार्यक्रम तय गरिएको गढवा गाउँपालिकाले जनाएको छ । त्यसैगरी मंसिर २० गते स्वान नेपालको संयोजनमा वडा नम्बर ४ मा तथा सिपी नेपाल र चेतनशिल महिला समाज केन्द्रको संयुक्त संयोजनमा मङ्सिर १५ गते गढवाको ६ नम्बर वडामा कार्यक्रम गरिने भएको छ । वडागत कार्यक्रमहरु सम्पन्न भएपछि गढवा गाउँपालिकाको केन्द्रबिन्दु गढवा बजारमा महिलाहरुको बिचमा बिभिन्न खेलकुदहरु सहित मङ्सिर २४ गते बृहत्त कार्यक्रमको आयोजना गरि समापन गरिने सह आयोजक देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकले जानकारी दिनुभएको छ।

१६ दिने अभियानमा गढवा गाउँपालिकामा क्रियाशील २० ओटा बिभिन्न संघ संस्थाहरुको सहकार्य रहेको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय, शान्ती पुर्नस्थापना गृह कोइलानबास,नेपाल रेडक्रस सोसाईटी,नेपाल हृदयरोग निवारण केन्द्र दाङ,दलित शसक्तिकरण अभियान,मुस्लिम एकता समाज,समुदाय स्रोत ब्यवस्थापन केन्द्र, स्वान नेपाल,रेडियो साझा आवाज, मुक्त कम्लरी बिकास मञ्च दाङ,चेतनशिल महिला समाज केन्द्र,दक्षिण देउखुरी अधिकार मञ्च,नेपाल इन्द्र फाउण्डेशन,गढवा उद्योग बाणिज्य संघ,सिपी नेपाल, नवस्वर्गद्धारी महिला सहकारी,वन तथा वातावरण समन्वय समिति,ग्रिन भ्याली स्कूल फ्रेण्ड्स क्लब, धानखोला कृषि सहकारी संस्था लगायतको संलग्नता रहेको जनाईएको छ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रशासन शाखाका पुनाराम शर्मा, नारायण पण्डित, रेखा थापा, खिमा रिजाल, जयकला बिक, रविलाल आचार्य, रमा कार्की, मधा न्यौपाने, सोनी कुमारी कुमाल, सिता कुमाल, पुजा चौधरी, निर्मला परियार, उमा पन्थी, प्रेस चौधरी लगायतकाको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शिवराज पन्थीले गर्नु भएको थियो ।

 

 
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID