
गढवा, ८ मंसिर
दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणी चाैधरी विजयी हुनुभएको छ ।
बाम लाेकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार चाैधरी २६ हजार ५ सय ६३ मतले विजयी हुनुभएको हो ।
चाैधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ता चाैधरीलाइ ५ हजार ८४ मतकाे फराकिलाे अन्तरले विजयी हुनुभएको हाे ।
नेकपा एमालेकी शान्ता चाैधरीले २१ हजार ४ सय ७९ मत ल्याउनुभएको छ । विजयी भएका मेटमणी चाैधरी बहालवाला शहरी विकास मन्त्रीसमेत हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७ सय ९४ मत ल्याउनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४ हजार १ सय ३३ मत ल्याउनुभएको छ ।
त्यसैगरी नेकपा एमालेबाट पार्टी छोडेर हाम्रो नेपाली पार्टी लौरो चुनाव चिन्हबाट चुनाव लड्नुभएकी गंगा चौधरी (सत्गौवा) ले १ हजार ९२ मत ल्याउनुभएको छ ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





