समानुपातिकमा एमाले शिर्ष स्थानमा, घण्टीलाई पछ्याउँदै माओवादी

गणतन्त्रनेपाल डटकम

समानुपातिक तर्फ नेकपा एमालेले तीन लाख मत कटाएको छ । मंगलबार राति ९ बजेसम्म एमालेले तीन लाख ८ हजार ३७५ मत ल्याएर अग्रता कायमै राखेको छ ।

एमालेलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ । कांग्रेसले दुई लाख ८७ हजार ५२१ मत पाएको छ । तेस्रोमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मत ल्याइरहेको छ ।

रास्वपाले एक लाख ५४ हजार ९६८ मत ल्याएर तेस्रो स्थानमा छ । माओवादी केन्द्र चौथो स्थानमा छ । माओवादी केन्द्रले एक लाख ४१ हजार ३८१ मत पाएको छ । पाँचौं स्थानमा रहेको राप्रपाले ८१ हजार, छैटौंमा रहेको जसपाले २९ हजार र सातौं स्थानमा रहेको नेमकिपाले २६ हजार मत पाएको छ ।

एकीकृत समाजवादी भने नवौं स्थानमा छ । उसले १७ हजार मत पाउँदा जनमत पार्टीले २२ हजार मत ल्याएको छ ।

 

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID