दाङ निर्वाचन क्षेत्र नम्बर १ काे मतगणना कछुवाको गतिमा, कहिले सकिएला मतगणना ? 

आलोक भावुक

लमही, ६ मङ्सिर

दाङ क्षेत्र नम्बर १ काे मतगणना कार्य कछुवाको गतिमा भैरहेको मतगणनाको जानकारी लिन मतगणना स्थल आएकाहरुले बताएका छन् ।

मतगणना कार्य एकदमै ढिला सुस्ती भैरहदा दाङ निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न ठाउँबाट मतपरिणाम जानकारी लिनका लागि मतगणना स्थल आएका राजनीतिक दल, राजनीति लाई नजिक संग बुझ्न चाहनेहरु र विभिन्न राजनीतिक दलमा आवध्द जनबर्गिय संगठनका सदस्यहरूको गुनासो रहेको छ ।

मतगणना सुरु भएको ३० घण्टा बितिसक्दा पनि अहिले सम्म ८ हजार मतको गणना हुन सकेको छैन।

मतगणनामा ढिलाई हुँदा अन्तिम मत परिणाम अहिले आउला ? मतगणना स्थलमा उपस्थित भएकाहरुको प्रश्न रहेको छ। मत गणना स्थलमा पल-पलकाे ताजा मतकाे पखाईमा दिनरात कुरेर बसेका स्थानीय नागरिकहरूले आफ्नाे दैनिक भत्ता बढाउन मत गणना ढिला सुस्ती गरिएकाे आराेप लगाएका छन् । ३० घण्टा भइसक्दा पनि ८ हजार मत समेत गणना भएको छैन ।

यता मत गणनामा ढिलाई हुँदा रिपोर्टिङका लागि सञ्चार डेस्कमा खटिका पत्रकारहरूलाई ताजा अपडेट दिन पनि समस्या भईरहेकाे बताइएकाे छ । अहिले चार ठाउँमा छुट्टाछुट्टै मतगणना भईरहेकाे छ । मतगणना स्थलमा सुरक्षा व्यवस्थामा एकदमै कडाई गरिएकाे छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID