दाङ क्षेत्र नम्बर १ को मतगणना सुरु गर्ने तयारी, सर्वदलीय बैठक जारी 

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ५ मंसिर

दाङ क्षेत्र नं. १ को मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठक जारी छ ।

लमही नगरपालिकाको कार्यालयमा जारी बैठकमा मतगणना कसरी छिटो र व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको राजनीतिक दलका प्रतिनिधिहरुले बताएका छन् ।

भालुबाङको एक केन्द्रमा प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको मतपत्र दिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिले विरोध जनाएपछि त्यसको समाधान कसरी निकाल्ने भन्नेबारे छलफल चलिरहेको छ ।

दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेकी शान्ता चौधरी, राप्रपाकी लिली बुढाथोकी, हाम्रो नेपाली पार्टीकी गंगा चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक लगायतका उम्मेदवार छन् ।

दाङ क्षेत्र नम्बर २ र ३ को पनि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID