गोरखा १ र २ मा पुन: मतदान गर्न एमालेको माग

गणतन्त्रनेपाल डटकम

निर्वाचनमा अवाञ्छित क्रियाकलाप भएको आरोप लगाउँदै नेकपा एमाले गोरखाले केही केन्द्रमा पुन: मतदानको माग गरेको छ ।

आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेले सत्तारुढ गठबन्धनबाट गोरखा–१ र २ का केही केन्द्रहरुमा मृतक, अनुपस्थित मतदाताहरुको नामबाट मतदान गर्ने र अन्य उम्मेदवारका मतदान प्रतिनिधिमाथि हातपात गर्नेजस्ता अवाञ्छित त्रियाकलाप भएको जनाएको हो ।

गोरखा क्षेत्र नम्बर १ अन्तर्गत विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका–१ मान्वु, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, गोरखा–२ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकुमा निर्वाचन विरोधी क्रियाकलाप भएको नेकपा एमालेले जनाएको छ ।

उत्त मतदान केन्द्रमा भएका घटनाको निष्पक्ष छानबिन गरी पुन: निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।

गोरखा क्षेत्र नम्बर १ र २ अन्तर्गतको मतदान केन्द्रबाट मतपेटिका संकलन जारी छ । मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID