
दाङ, ४ मंसिर
दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्र भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको छ।
आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ग मा मतदान स्थगित भएको थियो।
दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र पठाइएको थाहा भएपछि मतदान स्थगन गरिएको थियो। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको थियो।
मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले अब भोट हालेर गएकालाई फेरि बोलाएर १ बजेदेखि सुरू गरिने बताइन्।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





