
विशेषगरि पूर्वी तराईका जिल्लाहरुमा दाइजोको निहुमा महिलामाथि हुने हिंसा एकदमै डरलाग्दा हुने गरेका छन् । अहिले सामाजिक सञ्जालमा यस्तै एउटा घटना सार्वजनिक भएको छ । नेहा चौधरी नामकी महिलाले आफ्नो पिडा सामाजिक सञ्जालमा यसरी पोखेकी छिन् ।
मेरो बिहे ८ महीना अघि डा. पंकज चौधरीसँग पहिले प्रेम र पछि सामाजिक परमपराअनुसार भएको हो । घर औराही महोत्तरीमा हो र ससुराली रामगोपालपुर महोत्तरीमा हो ।
विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरा श्रीमान, सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले । म दुःख-सुख गरी बसिरहेकी थिए । मेरा श्रीमान काठमाडौं बस्नु हुन्छ । उहाँ सामाखुसीको ग्राण्डी ईन्टरनेसनल अस्पतालमा काम गर्नुहुन्छ । मलाई पनि आफुसँगै राख्नु भन्ने बित्तिकै मलाई पटक-पटक कुटपिट गर्न थाल्नुभयो ।
म सहन नसकेर प्रहरी थानामा गएँ मलाई गम्भिर हुने गरी पिटेर मेरो आमालाई आफ्नो छोरी लैजाउ भनी मेरो ससुराबाले खबर गर्नु भयो । म ३ दिन हस्पिटलमा भर्ना भइ जाँच गराएँ, त्यसपछी थानामा निबेदन दिए । थानामा मेरो श्रीमान ४ दिन पछी उपस्थित हुनुभयो, उपस्थित हुना साथ म यस्लाइ राख्दिन, घर छिर्न दिन्न भन्नु भयो ।
उहाँ थानामा २ दिन बस्नु भयो । तरपनी पावर लगाएर निस्कनु भयो । त्यसपछी पनि मलाइ अत्याचार भइरह्यो । सहन नसकेर मैले घरेलू हिंसाको मुद्दा दर्ता गराएँ तर त्यहि दिन ४ गते वहाँले डिभोर्स मुद्दा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन ।
यता डिभोर्स गर्दा मलाई अंश दिनुपर्छ भनेर वहाँले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित नन्दहरुलाई बकस गरीदिनु भयो । मलाई वहाँको सम्पत्ति वा अंश चाहिएको हैन । म बिहे गरेको सङगै बाच्न-मर्नको लागि हो । वहाँहरुले मलाई बार-बार कुटपीट नगरोस भनेर म महिला थानामा गएको तर मलाइ कतै बाटपनि न्याय मिलेन ।
मेरो बिहेमा उनिहरुको इच्छा अनुसार सुन २० तोला, फर्निचर लगायत अन्य सामानको लागि एक करोड २५ लाख खर्च भयेको थियो । विवाह सम्पन्न भएको केही दिन पछी नै वहाँले मलाई काठमाडौंमा घर किन भन्न थाल्नु भएको थियो । त्यही सबको कारणपनि मलाई घरमा कुटपीट गर्नु हुन्थ्यो ।
घरमा सासु र नन्दहरुकै कुरा चल्ने भएकोले मेरो श्रीमान उहाँहरुले भन्ने वित्तिकै मलाई कुटिहाल्ने गर्नुहुन्थ्यो । कुट्पिट भएर पेटमा चोट लगेको कारण पिसाबद्वारा रगत जाना थालेको छ । मैले मेरो सासु-ससुरालाई भने तर केही वास्ता गर्नु भएन, मलाइ बाँच्न धेरै गाह्रो भएको छ, प्लिज मलाई न्याय दिनु, मलाइ सहयोग गरिदिनु भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छिन् ।
उनले घटनाका फोटा समेत सार्वजनिक गरेकी छिन्ः






