राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

गणतन्त्रनेपाल डटकम

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

रोहितले नेपालका लागि २५ अन्तर्राष्ट्रिय ​ एकदिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् ।  जसमा एक शतक र पाँच अर्धशतक समेत समावेश छ ।  त्यस्तै उनले एक दिवसीय टी-२० तर्फ २१ खेल खेल्दै ३७६ रन बनाएका छन् ।  लिस्ट ‘ए’ मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।

नवलपरासीका २० वर्षीय रोहितले राष्ट्रिय टीममा प्रवेशको छोटो समयमै कप्तान बन्ने अवसर पाएका हुन् ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID