भुमिहिन सुकुम्बासी लाई लालपुर्जा गठबन्धन सरकारले दिन्छ – मन्त्री थारु

आलोक भावुक/पुष्पा पाैडेल

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु पुनः अहिले चुनावी मैदानमा होम्मिनु भएको छ। मन्त्री चौधरी आफ्नो पुरानै निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिनु भएको छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका मन्त्री चौधरीले चुनावी प्रचार प्रसारमा होम्मिनु भएको छ । उहाँले आफ्नो जितको प्रमुख आधार आफू सांसद छँदा खेरी र मन्त्री रहँदा गरेका कामहरुलाई मान्नु भएको छ ।

प्रचारप्रसारको क्रममा राप्ती गाउँपालिकाको भालुबाङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले प्रति ठुलो आरोप लगाउनु भएको छ। उहाँले भन्नुभयो – ‘दुई तिहाइ बहुमत हुँदा हुदै पनि एमालेले भुमिहिन/सुकुम्बासीहरु लाई लालपुर्जा किन बांँडेन’ भनेर प्रश्न गर्नु भएको छ।

एमालेले भुमिहिन/सुकुम्बासीहरुलाई लालपुर्जा दिन नचाहेको बताउदै मन्त्री चौधरीले आफुले पटक पटक भुमिहिन/सुकुम्बासी लाई लालपुर्जा वितरणको प्रक्रियामा क्रियाशील रहेको भन्दै यो पटक पनि आफुलाई जिताउन सबैलाई अनुरोध गर्नु भयो। आफुले ठुलो प्रयास पछी मात्र भुमि आयोग गठन गरेको बताउदै मन्त्री चौधरीले तर भुमि आयोगमा गठन प्रक्रियामा नेकपा एमालेले भु-माफियाहरु लाई एकलौटी भर्ति गरेको आरोप लगाउनुभयो। आफु मन्त्री भएदेखी नै बड्कापथ सिंचाइ आयोजनाको काम अगाडि बढाएको बताउनी भयो।

यो आयोजना ०६४/०६५ बाटै निर्माण सुरु भएको छ । ०७४ मा निर्वाचित भैसकेपछि देउखुरीका सबै जसो वडाहरुमा खानेपानीको आयोजना सञ्चालनको अवस्थामा रहेको बताउदै मन्त्री थारुले आफु स्वास्थ्य मन्त्री भएपछी राजधानीलाई केन्द्र बनाएर भालुवाङमा ५० शैयाको अस्पताल निार्माणको योजना ल्याएको बताउनुभयो। गठबन्धनको जित नै विकासको मुलजड भएको बताउदै मन्त्री थारुले एकजुट भएर गठबन्धन लाई भोट दिन अनुरोध गर्नु भयो।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID