बंगलाचुलीमा गयो एमालेमा भूकम्प, एमाले परित्याग गरी १ सय बढी गठबन्धनमा प्रवेश

गणतन्त्रनेपाल डटकम

गढवा, २३ कार्तिक  

दाङमा एमालेका लागि “दिनभरि बारेको बार मुखियाको भालेले फ्वाङ्गै” भन्ने उखान चरितार्थ भएको छ । चुनावको मिति घोषणा भएदेखि नै बंगलाचुली गाउँपालिकामा २÷४ जना गर्दै एमाले प्रवेश गराएर एमाले प्रवेशको लहर देखाइरहेको एमालेबाट आज एकसाथ १ सयभन्दा बढीले एमाले परित्याग गरी गठबन्धनमा प्रवेश गरेका छन् ।

बंगलाचुली गाउँपालिकाको कमिरेचौर र झेल्नेटामा भएका चुनाबी सभामा नेकपा एमाले परित्याग गरी सयौंजना गठबन्धनमा प्रवेश गरेका हुन् । नेकपा एमाले बंगलाचुली गाउँ कमिटी सदस्य बिनिता गाहा मगर, जीवलाल गाहा मगर, तुलबहादुर विक, खिमान घर्ती मगर, रिखीबहादुर विक, रुपलाल पुन, सुनिल बिक, हिमाल आग्री, ज्ञानबहादुर बिक, सुनिता बिक, बेदबहादुर नेपाली, गोमी नेपाली, जागेश्वर तिवारी, मनि तिवारी, हिमा खत्री, कमला नेपाली, भीमसेन परियार, धनबहादुर नेपाली, लोकबहादुर नेपाली, बसन्ती खड्का, दुर्गा नेपाली, ईश्वरी नेपाली, ओबी नेपाली, उमा नेपाली, अश्वरी बिक, गमी नेपाली, बिमल वली, वसन्त वली, मदम डाँगी, प्रकाश वली, गिरबहादुर विक मिजार, बालचन्द्र घर्तीमगर, लुमबहादुर घर्ती, हिमाल घर्ती, रामबहादुर घर्ती, रामबहादुर परियार, बिमल घर्ती, कुमारी बिक, फुर्सी बिक, गणेश आग्री, दिनेश आग्री, वीरेन्द्र रसाइली, दीपक कामी, टेकराज सुनार, तीर्थ घर्तीमगर, सिरिबहादुर विक, गीता बिक, बिश्नी विक, लक्ष्मी घर्ती, नमी घर्ती लगायतका व्यक्तिहरु गठबन्धनमा प्रवेश गर्नु भएकाे हाे ।

पूर्वसमामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्मा, प्रदेश सभा सदस्य पदका उम्मेदवार राजु खनाल लगायतका नेताहरूले पार्टी प्रवेश गराउनुभएको थियो । पार्टी प्रवेश गर्नेहरुले एमाले पार्टीले जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थ र जन्तालाई धोका दिने काम गरेको हुँदा परित्याग गरेको बताएका थिए ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID