राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भोलि दाङ आउने

गणतन्त्रनेपाल डटकम

गढवा, २० कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि सोमबार दाङ आउनु हुने भएकाे छ ।  चुनावी सभा सभा सम्माेधन गर्नका लागि  दाङ आउने जनाइएकाे छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावी सभाका लागि पार्टीका सभापति रवि लामिछाने सोमबार आउने पार्टीका दाङ जिल्ला सचिव किसन वलीले जानकारि दिनुभयाे । दाङका तीन वटै चुनावी क्षेत्र तुलसीपुर, घोराही र लमहीका चुनावी सभालाई पार्टी सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको वलीले जानकारी दिनु भयाे ।

पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं. १ मा देवराज पाठक, क्षेत्र नं. २ मा इञ्जिनियर बिसाल अधिकारी र क्षेत्र नं. ३ मा कमल सुवेदीको उम्मेदवारी रहेको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID