
गढवा, ९ कार्तिक
नेपालीहरुको महान पर्व तिहारको अन्तिम दिन भोलि बिहीबार भाइटिका हो।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटिकाको उत्तम साइत सार्वजनिक गरिसकेको छ।
बिहीबार बिहान ११ः३७ बजे भाइटिकाको साइत उत्तम रहेको बताइएको छ।कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो।
यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ।
यस दिन साइत खोज्नेले बिहान ११ः३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ।राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताउनुभयो। सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']





