निर्वाचन आयोगद्वारा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित

गणतन्त्रनेपाल डटकम

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुने समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशित गरेको छ । दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी आयोगले बुधबार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम अन्तिम बन्दसूची  प्रकाशित गरेको हो ।

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार कायम भएका छन् । यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नम्बर १ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदुरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवार कायम भएका छन् ।

समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका समेत गरी जम्मा ५५० जना व्यक्तिहरूको नाम आयोगले मंगलबार हटाउने निर्णय गरेको थियो ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: प्रदेश नं १ सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: मधेस प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: बागमती प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: गण्डकी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: लुम्बिनी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: कर्णाली प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

प्रदेश सभा: सूदुरपश्चिम प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID