सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

गणतन्त्रनेपाल डटकम

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट पीडाबोध भएको बताउनु भएको छ । जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पनि उहाँले बताउनु भयो ।

आज ट्वीट गर्दै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’

राष्ट्रपति भण्डारीले सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभएको छ । ललितपुर निवासी संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID