राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता, क्षेत्र नं १ बाट देवराज पाठक

गणतन्त्रनेपाल समाचारदाता

गढवा २४ असाेज

रवि लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला सभापति ओपेन्द्र दाहालका अनुसार प्रदेश संरचानप्रति जनतामा ब्यापक असन्तुष्टि रहेको पाइएकोले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग लिएकाे छैन।

प्रदेश तहको संरचनाले राज्यकोषको दोहन मात्रै गरेको र प्रदेश सभालाई दलका दोस्रो, तेस्रा, चौथो तहका नेताको व्यवस्थापन गर्ने थलो बनाइएको भन्ने जनताको मत रहेको पनि उहाँको दाबी रहेको छ ।

अब हुन गईरहेकाे प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी दाङले आफ्ना तिनवटै क्षेत्रबाट उम्मेदवार खटाइएको छ।

दाङ जिल्लाको क्षेत्र नं १बाट देवराज पाठक, क्षेत्र नं२ बाट बिशाल अधिकारी क्षेत्र नं ३बाट कमल सुवेदीले मनोनयन दर्ता गरेका हुन्। देश निर्वाचनमय बनेको छ । नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् । पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा बागी उम्मेदवारको संख्या बढेको छ।

आगामी मंसिरमा हुने आमचुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फ मात्रै उम्मेदवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले यस अघिनै घोषणा गरिसकेका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID