चारदिन पछि लमही-कोइलावास हुलाकी राजमार्ग सुचारु

आलोक भावुक
गढवा २४ असोज
लमही–कोइलावास खण्डको हुलाकी राजमार्गमा सुचारु भएको छ।
लमही कोइलाबास सडक खण्ड अन्तगर्त गढवा गाउँपालिका वडा नम्बर-५ जमुनिवासमा पहिरोले अबरुद्ध भएको बाटोको पहिरो हटाउने कार्य सम्पन्न भएसंगै सञ्चालनमा आएको हो।
लगातार भएको बर्षाका गढवा गाउँपालिकाका अधिकांश क्षेत्रमा बाढीको डुबानमा परेका छन् भने लमही चन्द्रौटा सडक खण्डको धोद्रे, जुरौनी, धानखोला, र लमही कोईलाबास हुलाकी राजमार्गको जमुनिवासमा पहिरो गएर आवतजावत बन्द भएको थिएको थियो।
बर्षातको समयमा पहिरो बाट गढवा कोइलाबासको बाटो आवतजावत बन्द हुन नदिन गढवा गाउँपालिका बिशेष जोड दिईएको तर ठुलो मात्रामा पहिरो गएको हुनाले र बर्षात भैरहेको हुनाले पहिरो हटाउने कार्यमा ढिलाई भएको गढवा गाउँपालिका वडा नम्बर – ५ का वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनु भयो।
पहिरो गएको जानकारी पाए लगत्तै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले नेपालगंज हुलाकी निर्देशनालय योजना कार्यलयका प्रमुख योगेस सुमन संग सम्पर्क गरेको तर बर्षात नरोकेकोले बाटो सुचारु हुन समय लागेको जानकारी दिनु भयो। गढवा गाउँपालिका वडा नम्बर – ५मा पर्ने जमुनिवासमा पहिरोले लमही कोईलाबास बाटो अवरुद्ध भएको जानकारी पाउन साथ यथासिघ्र बाटो सुचारु गर्न वडाध्यक्ष लेखराज थापा निरन्तर पहिरो प्रभावित क्षेत्रमै पुगेर पहिरो हटाउने कार्यमा खटेको बताउनुभयो।
अथक प्रयास पछी बल्ल बाटो सुचारु भएपछी पछी ४ दिन देखि कोईलाबास सम्मको र भारतीय पर्यटक नेपालमा फसेकाहरु सजिलै आवतजावत गर्न थालेको वडाध्यक्ष थापाले जानकारी दिनु भयो। सोमबार बिहानै देखी इलाका प्रहरी कार्यालय गढवा र वडा नम्बर – ५ का वडाध्यक्ष लगायतकाको टिमले पहिरो स्थलमै पुगेर पहिरो हटाउने कार्यमा सहयोग गरेको हो।
Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID