दाङमा नातिनी बलात्कार आराेपमा बाजेका बिरुद्ध उजुरी

गणतन्त्रनेपाल समाचारदाता

दाङमा एक वृद्धले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ निबासी ६२ बर्षका आफ्नै हजुरबुवाले १० बर्षकी नातीनीलाई बलात्कार गरेको प्रहरीले बताएको छ । असोज १६ गते बालिकालाई बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो ।

बलात्कारमा संलग्न वृद्ध फरार रहेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

एउटै हाडनाता पर्ने भएकाले बालिका र वृद्धको नाम गोप्य राखिएको छ ।त्यसैगरी तुलसीपुर उपहानगरपालिका ६ मा पनि ९ बर्षकी बालिका माथि बलात्कारको प्रयास भएको छ ।

१७ बर्षका निरज रावतले असोज १२ गते बलात्कारको प्रयास गरेको भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो । घटनामा सलंग्न युवकको खोजी कार्य जारी रहेको छ ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID