देउसी भैलाे खेलेर जुटाएरको रकम क्यान्सर,ब्रेन टयूमर र मृगौला पीडित बिरामीलाई

तुल बहादुर कवँर मगर

देउखुरी ०२ मंसिर ।राप्ती गाउँपालिका दाङका विभिन्न भैलाे समूह र युवा क्लबले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर ,मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन्।

पालिकाकाे वडा नं.६ र ७ का स्थानीयहरु आवद्ध रहेको सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलाे समूह र वडा नं.२ का युवाहरु आवद्ध न्यु डान्स क्रियसन क्लबले देउसी भैलो खेलेर जुटाएको रकम उनीहरूलाई हस्तान्तरण गरेका हुन्।

सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलाे समूहले वडा नं.६ का क्यान्सर पीडित बिमला पाेख्रेल,गाेमा देवि थापा र वडा नं.७ का हुकुम बहादुर सन्यासी र दुर्गा सुवेदी गरि ४ जनालाई जनही १०/१० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको समूहका अध्यक्ष बिर्ख बहादुर महराले जानकारी दिनुभयो।

त्यस्तै न्यु डान्स क्रियसन क्लबले वडा नं.२ का ब्रेन ट्यूमर जाल्पा परियार र वडा नं.४ का मिर्गौला पीडित सन्तोष मल्ल लाई जनही ५/५ हजार रुपैयाँ नगद प्रदान गरेको क्लबका सल्लाहकार आशिष न्याैपानेले जानकारी दिनु भयो ।

देउसी भैलाे खेलेर संकलन गरेको रकम मध्ये बिरामीहरुकाे उपचारमा थाेरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको उनीहरूले बताएका छन्।

ती समूहहरुले विगतका वर्षहरूमा पनि देउसी भैलाे खेलेर संकलन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन्।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID