राप्तीमा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन अध्यक्षमा ऋषिराम बस्नेत

तुल बहादुर कवँर मगर

देउखुरी, २४ कार्तिक। दाङको राप्ती गाउँपालिकामा पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको छ ।

शुक्रबार एक कार्यक्रका बीच ऋषिराम बस्नेतको अध्यक्षतामा १७ सदस्य पालिका स्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको हाे ।

जसको उपाध्यक्षमा रेजिना कुमाल, सचिवमा शन्तराम चाैधरी, सह–सचिवमा तिर्सना ज्ञवाली र कोषाध्यक्षमा कमल गिरी रहनु भएको छ।

भने सदस्यहरुमा पुनाराम चाैधरी,सुस्मिता चाैधरी,ढुण्डीराज भट्टराई ,बिरमल चाैधरी,हरिप्रसाद चाैधरी,पाहरु चाैधरी,सुरेश चाैधरी,कमला चाैधरी,भागपती चाैधरी,अहमद मियाँ ,जागेश्वर थापा ,बसन्ती कुमाल रहनु भएको छ।

त्यस्तै महेश रिजालकाे संयाेजकत्वमा लक्ष्मीप्रसाद चाैधरी र अर्जुन चाैधरी सदस्य रहेको ३ सदस्य सल्लाहकार समिति समेत गठन गरिएको छ।

पालिकाकाे ९ वटै वडामा गठन भएको वडा स्तरीय अपांग सञ्जालका प्रतिनिधिहरुकाे भेलाबाट संजाल गठन गरिकाे हाे ।

नव गठित संजालको छलफलले प्रत्येक महिनाको पहिलो हप्ताको शुक्रबार दिउँसो १ बजे नियमित मासिक बैठक बस्ने निर्णय गरेको छ।

राप्ती गाउँपालिका दाङको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयोजनामा पालिकास्तरिय अपाङ्गता सञ्जाल गठन गरिएको शाखाकी प्रमुख जीवन कुमारी जिसीले जानकारी दिनु भयो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज शर्माको अध्यक्षतामा तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको प्रमुख आतिथ्यतामा अपाङ्गता सञ्जाल गठन गरिएको हो ।

साे कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले अपाङ्गताहरुकाे हक अधिकार र अपाङ्गता परीचयपत्रको बारेमा जानकारी गराउदै अपाङ्गताको क्षेत्रमा आफू सधै सकारात्मक भएको बताउनुभयो।

त्यस्तै उहाँले अपाङ्गता भएका ब्यक्तिको जीवनस्तर माथि उकास्न तथा अपाङ्गता सम्बन्धी पालिकास्तरिय विभिन्न गतिविधी संचालनका गर्नका लागि पालिकाले सधै सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा नव गठित संजालका अध्यक्ष ऋषिराम बस्नेत ,सल्लाहकार लक्ष्मी प्रसाद चाैधरी,ढुण्डीराज भट्टराई,,कमल गिरी लगायतले बोल्नु भएको थियो ।भने कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीले गर्नुभएको थियोे।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID