अभियान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा रकम बितरण

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २८ असोज। तुलसीपुर।अभियान लघुवित्त वित्तीय संस्थाले बिमितलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

अभियान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय दंगीशरण दाङले तुलसीपुर उप. म. न. पा. वडा नं. १ भमके बस्ने संस्थाका सदस्य भिमकली सुनारको २०८० भाद्र २१ गते मुत्यु भएको हुदा उहाँको श्रीमान तोसाराम सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ ।

अभियान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय दंगीशरण दाङ द्रारा संचालित हिमाल अभियान केन्द्रमा आवद्ध भिमकली सुनारले संस्था बाट दुई लाख रुपैयाँ साधरण कर्जा चलाएकी थिइन । उप. म. न. पा. वडा नं. १ , भमकेमा उक्त केन्द्रका सदस्यहरु तथा संस्थाको कर्मचारीहरुको उपस्थितीमा दंगिशरण शाखाका शाखा प्रमुख श्री दुर्गालाल बिश्वकर्माले सदस्य सुनारको श्रीमान तोसाराम सुनार लाई मृत्यु दावी बापत दुई लाख साठी हजार रुपैयाँ हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

निजलाई कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको थियो। संस्थाले ऋणी बिमा कार्यक्रम अन्र्तरगत सदस्य मुत्युमा बिमा क्षतीपुर्ति रकम बुझाउने, महिला सदस्य सुत्केरी हुदा पोषण भत्ता बितरण गर्ने गरेको शाखा प्रमुख बिश्वकर्माले जानकारी गराएका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID