एमाले र विप्लव निकट व्यवसायी बीच सहकार्य गर्ने सहमति

गणतन्त्र नेपाल समाचारदाता

दाङ, २९ भदौ । असोज १३ गते हुन लागि रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा एमाले र नेकपा विप्लव निकट व्यवसायीबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

निर्वाचनमा सहमति भएपनि निर्वाचन भएपनि साथै जाने वैठकमा सहमति भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो । सहमतिपत्रमा नेकपा एमाले प्रदेश सदस्य नारायण भुसाल, नि. प्रदेश सदस्य ध्रुवराज श्रेष्ठ, जिल्ला सचिवालय सदस्य एवंं प्रचार विभाग प्रमुख सविन प्रियासन, नेकपा विप्लवको तर्फबाट जिल्ला सचिव जनक सि, युवा संगठन प्रमुख पदम सि, विप्लव निकट राष्ट्रिय उद्योग वाणिज्य महासंघ दाङका अध्यक्ष रेवन्त श्रेष्ठ, महासंघका विक्रम चन्दले हस्ताक्षर गर्नु भएको छ ।

यस अगाडी नेकपा एमालेले राप्रपा र मसाल निकट व्यवसायी संगठनसँग पनि निर्वाचनमा सहकार्य गर्ने सहमति गरि सकेको छ । निर्वाचनमा आफूहरुको साझा, संयुक्त समावेशी टिमलाई निर्वाचनमा उमेदवार नउठाएका विभिन्न राजनीतिक दलका व्यवसायी संगठनहरुले पनि समर्थन गरि सकेको र केही दिनमा औपचारिकरुपमा यी कुराहरुलाई सार्वजनिक गरिने एमाले प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिनुभयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID