प्रजातान्त्रिक उद्योमी संघबाट अध्यक्ष  पदका उम्मेदवार बने वसन्त जोशी

हिमाल महारा

घोराही,२१ भाद्र । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा  नेपाली काङ्ग्रेस निटक व्यापारी संगठन प्रजातान्त्रिक उद्योमी संघले  निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशिको नेतृत्वमा जाने सर्बसहमत निर्णय गरेको  बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् ।

आकांक्षि  पाँच मध्य सिनियरताको आधारमा  वरिष्ठ उपाध्यक्ष नरेश कार्कीलाई पहिलो प्राथमिकतामा राखे छलफल गरेको तर  उहाँले आफ्नो व्याक्तिगत कारण असमर्थन जनाए पछी वसन्त जोशीको नेतृत्वमा जाने निर्णय गरेको प्रजातान्त्रिक उद्योमी संघका वाणिज्य उपाध्यक्ष छबि नारायण गिरिले जानकारी दिनु भयो ।

अध्यक्ष पदका उम्मेदवारकोलागि प्रजातान्त्रिक उद्योमी संघ घोराहीको तर्फवाट विभिन्न चरणमा यस संस्थाका सल्लाहकारहरु, संस्थापकहरु, प्रजातान्त्रिक निकटका व्यवसायीहरु, पार्टिका तहगत नेतृत्वहरुसंग सुझाव सल्लाह तथा छलफल गर्नुका साथै बजारका अधिकांश व्यवसायीहरु संगको मत सर्वेक्षणलाई समेत मध्यनजर गर्दै अध्यक्ष पदका आकांक्षीहरु मध्य सिनियरताबाट वसन्त जोशीलाई अध्यक्ष पदको उम्मेदवारको लागि सर्वसम्मत निर्णय गरियो संघका महासचिव श्रीधर धितालले जानकारी दिनु भयको छ ।

अरु पदमा केही दिनमा कार्यसमितिको बैठक बसेर निर्णय गर्ने र अरु  व्यापारी संगठन संग मिलायर सर्बसहमतमा पदाधिकारी चयन गर्न वर्ता गरिरहेको छौं केही दिन निर्णय हुने उद्योमी संघका अध्यक्ष काली बहादुर खत्री (मानु)ले जानकारी दिनु भयो। जोशी २०७१ सालमा  उद्योग सदस्य  र २०७४ मा उद्योग उपाध्यक्ष पदमा धेरै मत प्राप्त गरि बिजय भयका थिय ।

उता नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघबाट वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेल र नेकपा (माओवादी केन्द्र) निकट नेपाल उद्याेग व्यापार संगठनले पुर्ब उपाध्यक्ष ओविन्द्र बहादुर महराको नेतृत्वमा अगाडि बढ्ने निर्णय समेत गरेको छ भने राप्रपा निकट राष्ट्रिय प्राजातान्त्रिक उद्योग व्यापार संगठनले पनि वर्तमान सदस्य बिष्णु प्रसाद गौतमको नेतृत्वमा जाने निर्णय गरेको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID