दाङ उवासंघमा व्यवसायीक प्यानल बनाउन गोप्य भेला

गणतन्त्रनेपाल समाचारदाता

दाङ, २० भदौ । दाङ उद्योग वाणिज्य संघको निर्वाचन आउन अब २३ दिन बाँकी छ ।

बजारमा चौतर्फी छाएको निराशालाई उत्साहमा परिणत गर्ने उद्देश्यसहित दाङ उवासंघको निर्वाचन मार्फत व्यवसायीक टिम बनाउने सोँच सहित बुधबार घोराहीमा व्यवसायीहरुको गोप्य भेला भएको छ ।

भेलामा जिल्लामा प्रभाव पार्न सक्ने सबै आस्था र विचार राख्ने व्यवसायीहरुको सहभागिता रहेको बुझिएको छ । कांग्रेस, एमाले, माओवादीलगायत अन्य आस्था र विचार राख्ने ठूलो समूहको सहभागिता रहेको भेलाले बजारमा देखा परेको आर्थिक मन्दिलाई कम गर्ने, बजारमा चहल पहल र रौनक बढाउने, यस क्षेत्रको आर्थिक सम्भावनालाई अगाडी बढाउनेलगायतका विषयलाई मुख्य उद्देश्य राखेर दाङ उवासंघमा आफूहरुको टिम निर्वाचनमा होमिने तयारी गरेको भेलामा सहभागिहरुले बताएका छन् ।

सबै आस्था र विचार राख्नेहरुको ठूलो समूह व्यवसायीक प्यानलले आयोजना गरेको गोप्य भेलामा सहभागि भएकाले पहिलो चरणमा सबैलाई समेटेर सर्वसम्मत कार्य समिति निर्माण गर्ने गरी अगाडी बढ्ने, यदि यसो नभएको संयुक्त व्यवसायीक प्यानल बनाएर निर्वाचनमा होमिने तयारी गरेको भेलामा सहभागि दाङ उद्योग वाणिज्य संघका वर्तमान कोषाध्यक्ष सुशील पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दाङ जिल्लालाई भविष्यमा आर्थिक हबकारुपमा विकास गर्नका लागि नयाँ सोँच र क्रियाशिलताका साथ अगाडी बढ्नुपर्ने आवश्यकता देखा परेकाले जिल्लामा दिग्गज रुपमा स्थापित भएका व्यवसायीहरुले यस प्रकारको कदम अगाडी बढाउन लागेको बताउनुभयो ।

भेलामा सबै आस्था र विचार राख्ने व्यवसायीहरुको सहभागिता रहेकाले दाङ उवासंघको आउँदो कार्यकालका लागि आफूहरुले अगाडी सार्न लागेको टिमले व्यवसायीहरुको हकहितको सवालमा प्रभावकारी काम गरेर देखाउने विश्वास आफूहरुले लिएको दाङ उवासंघका कोषाध्यक्ष पोख्रेलको धारणा छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID