व्यवसायीक नेतृत्व गर्न मेरो उमेदवारी :सुशील पोख्रेल

दाङ जिल्ला उद्योग वाणिज्य संघको आउँदो असोज १३ गते निर्वाचन हुँदैछ

गणतन्त्र नेपाल समाचारदाता

घोराही,६ भाद्र । दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रेलले व्यवसायीक नेतृत्वका लागि यस पटक संघको नेतृत्वमा आफू अगाडी बढ्न खोजेको बताउनु भएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आउँदो असोज १३ गते निर्वाचन हुँदैछ । दुईपटक कोषाध्यक्ष, एक पटक सदस्य भएर सक्रियताका साथ संघमा भूमिका निर्वाह गर्नु भएका पोख्रेलले अन्य संघसंस्थामा पनि कुशलताका साथ नेतृत्व गरेकाले दाङ उवासंघको नेतृत्व गर्न आफू अगाडी बढेको बताउनुभयो ।

व्यवसायीहरुको आकंक्षा अनुसार आफूले उमेदवारी घोषणा गरेको बताउने पोख्रेलले यस अगाडी घोराही अटो टाउन प्लान विकास संस्था, अटो व्यवसायीले सञ्चालन गरेको शुभम लघुउद्यम संस्था, राप्ती अटो इञ्विसनउसङ एशोसियशनको समेत कुसलतापूर्वक नेतृत्व गरि सक्नु भएको छ ।

अटो व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्यको भूमिका निर्वाह गरि सक्नु भएका पोख्रेलले दुई कार्यकाल संघको कोषाध्यक्ष भएर काम गर्दा संघलाई आर्थिक ऋणबाट मुक्त गरेर १ करोड जति हाल वैंकमा बचत गर्न सफल हुनुभएको छ । दुबै पटक कोषाध्यक्ष र सदस्य हुँदा पनि अत्यधिक मत प्राप्त गरेर बिजयी हुनु भएका पोख्रेल व्यवसायी माझ लोकप्रिय हुनुहन्छ ।

हरेक गतिविधिमा सक्रिय सहभागिता जनाउने पोख्रेलले आफूले संघको नेतृत्व गर्न पाएमा यस क्षेत्रका व्यापार व्यवसाय सँगै अन्य गतिविधिलाई पनि संघको तर्फबाट अगाडी बढाउन भूमिका खेल्ने अपेक्षा राख्नु भएको छ । उहाँ कांग्रेस निकट व्यवसायी हुनुहुन्छ । अग्रज व्यवसायी र शुभेच्छुकहरुको विशेष दबाबमा आफू अगाडी बढेको पोख्रेलको भनाइँ छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID