
गढवा, ३ भदौ । दाङको गढवा गाउँपालिकाले पालिका भित्रका कुनैपनि बाटोमा पशु चौपाया बाँध्न प्रतिबन्ध लगाएको छ।
गढवा गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गढवा गाउँपालिका क्षेत्र भित्र रहेका हुलाकी सडक खण्ड, लमही कोईलाबास सडक खण्ड र यी सडक संग जोडिएका अन्य सहायक सडकहरुमा घर पालुवा पशु चौपायाहरु सडक क्षेत्रभित्र बाँध्ने गरेको पाईएकोले सूचना प्रकाशित पश्चात पनि बाटोमा पशु चौपाया बाँधेको पाईए प्रचलित कानून बमोजिम कार्वाही गरिने उल्लेख गरेको छ।

पशुचौपाया बाटोमा बांध्ने गरेकोले सवारी आवागमन प्रभावित हुने र दुर्घट्ना हुन सक्ने भएकोले घरपलुवा पशुचौपाया जथाभावी नछाड्न र बाटोमा बाँध्न प्रतिबन्ध लगाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।
गाउँपालिकाको बिभिन्न स्थानमा पशु चौपाया बाटोमा बाध्ने गरेको जनगुनासो आएपछी पालिकाले यस किसिमको निर्णय गर्न पुगेको हो।





