गढवा गाउँपालिकामा नागपञ्चमीको सार्वजनिक बिदा

आलोक भावुक

गढवा, ३ भदौ। दाङको गढवा गाउँपालिकाले नागपञ्चमी( गुडिया/गुरही) पर्वलाई मध्येनजर गर्दै भोली सोमबार पालिकाभर सार्वजनिक बिदा दिएको छ।

कार्यपालिकाको निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी) को अवसरमा सार्वजनिक बिदा दिइएको गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिनुभयो ।

भोली सोमबार नागपञ्चमी पर्वको अवसरमा गढवा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु,स्वास्थ्य संस्थाहरु, शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई (अत्यावश्यक सेवा बाहेक) स्थानीय विदा दिईएको प्रमुख प्रशासकीय अधिकृत हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

मधेशी समुदायहरुले गुडिया र थारु समुदायकाले गुरही पर्वलाई बिशेष महत्वका साथ मान्दै आएका छन्। भने अन्य समुदायले नागपञ्चमीको दिन घरघरमा नाग देवताको फोटो टांसी पुजापाठ गर्ने प्रचलन रहेको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID