कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ, सीआईबी द्धारा संसद सचिवालयलाई जानकारी 

गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं,२५ श्रावण । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेको सम्बन्धी जानकारी संसद सचिवालयलाई गराएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर उच्च शिक्षा हाँसिल गरेको उजुरीका आधारमा सांसद शर्मा बिहीबार काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।

नेपालको संविधानको धारा १०३ मा संसदको अधिवेशन आव्हान भएर अन्त्य नभएसम्म कुनैपनि सांसदलाई सचिवालयमा जानकारी नगराई पक्राउ गर्न नपाईने व्यवस्था रहेको छ । संविधानको उक्त व्यवस्थालाई ध्यानमा राख्दै सीआईबीका एसपी नवराज अधिकारीको टोली संसद सचिवालयमा पुगेको हो ।

सांसद शर्मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङ-३ बाट नेकपा एमालेका नेता तथा पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई फराककिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । उनी पार्टीमा नेता शेखर कोइराला निकट मानिन्छन् । उनै कोइरालाले उनलाई राजनीतिमा ल्याएको बताईन्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID