नेकपा बहुमतको नाममा लाखौं चन्दा माग्ने पत्रकार पक्राउ

गणतन्त्रनेपाल समाचारदाता

दाङ,२५ साउन । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका ५ फालाबाङका धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई पक्राउ गरिएको हो । पक्राउ परेका परियार नेकपा एमाले त्रिवेणी गाउँपालिकाका सचिव तथा पत्रकार महासंघ सल्यानका साधारण सदस्य समेत हुन् । तर, उनीहरुले नेकपा बहुमतको लेटरप्याट प्रयोग गरी बिभिन्न ब्यक्तीहरुसंग चन्दा मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो । परियारको साथमा पत्रकार परिचयपत्र समेत थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार तुलसीपुरको हिमाल एकेडेमीका प्रिन्सिपल मधुसूदन केसी सँग दस लाख,सल्यानको कालिका माविका शिक्षक बामदेव अधिकारीसँग पाँच लाख, तुलसीपुर ७ पर्सेनीका इन्द्रबहादुर वलीसँग एक लाख, तुलसीपुर तुलसीपुर १८ बेलझुन्डिका जानका बस्नेतसँग एक लाख रुपैयाँ जबरजस्ती चन्दा मागेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरूले मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराउने, हातखुट्टा भाँच्ने र ज्यान मार्ने जस्ता धम्की दिएर चिठी र मोवाईल सन्देश पठाउने गरेका थिए । उनीहरूको कोठाबाट एक थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान मोबाइल, केही थान चेक, एक सय ५३ वटा नेकपा बहुमत लेखिएका लेटरप्याड र छाप बरामद गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले विहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

उनले चिठि दिएपछि पनि पटक–पटक फोन गरेर तनाब दिने गरेका थिए ।

नेपाली प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौं, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङबाटसहितको सहयोगमा उक्त घटना बाहिर आएको हो ।

 

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID