
गढवा गाउँपालिका-६ स्थित कक्रहवा खोलामा आएको बाढीले गढवा-मनिकापुर आवतजावत बन्द भएको छ।
अतरबेदुवा र मनिकापुर बस्तीको सिमाना भएर बग्ने कक्रहवा खोलामा पुल नहुंदा आवतजावत बन्द भएको छ।
गढवा गाउँपालिकाको मुख्य बजार सम्म आउने सक्ने अवस्था छैन, कुनै आपत्कालीन समस्या परेपनि गढवा बजार सम्म पुग्न पनि हामी असमर्थ छौ स्थानीय जित बहादुर आले मगरको भनाई छ।
गढवा गाउँपालिका वडा नम्वर-६ मा दुर्गा आधारभूत विध्यालय छ तर बर्षातको समयामा खोलामा बाढी आउँदा अतरबेदुवा, बनकट्टी लगाएतको गांउबाट बिध्यार्थी बिध्यालय जान सक्ने अवस्था छैन स्थानीय प्रेम बिसी बताउछन्। बर्खामा उर्लँदो भेल पार गरेर बालबालिकालाई कसरी विद्यालय पठाउने भन्ने चिन्ता स्थानीय बासिन्दा लाई परेको छ।
गढवा गाउँपालिको मनिकापुर, सिमलतारा, मतपुर, बनघुस्रीका बासीन्दाहरु गढवा बजार आउन यही बाटो प्रयोग गर्छन्। कक्रहवा खोलामा पुल नहुंदा यी गाउका बासीहरु प्रत्यक्ष समस्यामा परेका छन्।
गढवा गाउँपालिका वडा नम्बर ६का अध्यक्ष विर बहादुर आले मगरले बाढीको सतह नघट्दासम्म आवतजावतको व्यवस्था मिलाउन सकिने उपाय नभएको बताए।
‘खोला ठूलो भएकाले तत्काल केही गर्न सकिने अवस्था छैन’, उनले भने’ कक्रहवा खोलामा पुल निर्माणको कार्य सुरु भएकोले अब केही समयमा बाढीको समस्या सदाको लागी अन्त्य हुने जानकारी दिए।





